कार्तिक १६, २०८३ सोमबार November 2, 2026

मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द

सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो २ :०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।

पृथ्वी राजमार्ग : आज मलेखु-मुग्लिङ सडकखण्ड तीनघण्टा बन्द हुनेनागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो। उक्त अवधिमा मलेखु-मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए।

सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ। सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमा पनि मागेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
२०८३ कार्तिक १६, सोमबार
गाउँपालिका महासंघकी अध्यक्ष पाण्डे अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित
२०८३ कार्तिक १६, सोमबार
नेतान्याहुलाई इजरायलमा नयाँ सरकार बनाउन र विश्वासको मत पाउन कठिन
२०८३ कार्तिक १६, सोमबार
मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द
२०८३ कार्तिक १६, सोमबार
न्यायालयमा छानबिन, संसदमा महाभियोगको तयारी
२०८३ कार्तिक १६, सोमबार
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
२०८३ कार्तिक १६, सोमबार
एनपीएलमा आज सोमबार दुई महत्त्वपुर्ण खेलहरू हुँदै
२०८३ कार्तिक १६, सोमबार