कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शैक्षिक विकासका लागि प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच सहकार्य

शैक्षिक उन्नयन तथा समग्र शैक्षिक विकासका लागि  प्रभावकारी समन्वय र सहकार्य गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर, ४ असोजः सुदूरपश्चिम प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच शैक्षिक उन्नयन तथा समग्र शैक्षिक विकासका लागि  प्रभावकारी समन्वय र सहकार्य गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा किसनदत्त भट्टबीच प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सहकार्य र समन्वय अभिवृद्धि गर्ने विषयमा आज  छलफल भएको हो । भेटघाटका क्रममा प्रदेश सरकार र विश्वविद्यालयबीच आपसी सहकार्य, समन्वय तथा सहयोगका विविध विषयमा छलफल भएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नविन बमले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको शैक्षिक विकासमा विश्वविद्यालयको भूमिकालाई थप प्रभावकारी बनाउने, प्रदेश सरकार र विश्वविद्यालयबीच शैक्षिक, प्रशासनिक तथा संस्थागत सहयोग आदानप्रदान गर्ने तथा प्रदेशको समग्र विकासमा विश्वविद्यालयको ज्ञान, जनशक्ति र अनुसन्धान क्षमतालाई उपयोग गर्ने विषयमा छलफल भएको सुचना अधिकारी बमले बताउनुभयो ।

“प्रदेश सरकार र विश्वविद्यालयबीच विद्यमान सम्बन्धलाई थप सुदृढ गर्दै शिक्षा, अनुसन्धान, मानव संसाधन विकास तथा अन्य साझा क्षेत्रमा सहकार्यका सम्भावनालाई विस्तार गरिनेछ”, उहाँले भन्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट तथा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा भट्ट र रजिष्ट्रार प्रा डा तारादत्त भट्ट सहभागी हुनुहुन्थ्यो । राससबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार