असोज २९, २०८३ बिहिबार October 15, 2026

रेडक्रसले बाढी प्रभावितका लागि २ हजार घर बनाउने

घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित परिवारका लागि दुई हजार घर निर्माण गर्ने भएको छ।

यसका लागि रेडक्रस सोसाइटी र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभागबीच आज सम्झौता भएको हो।

सम्झौताअनुसार एक हजार अस्थायी र एक हजार स्थायी घर निर्माण गरिनेछ।

साथै, घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमति भएको रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समिति अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए।

उनका अनुसार दशैँलगत्तै आवास निर्माणको कार्ययोजना तयार गरिनेछ। सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रिया अघि बढाइनेछ। आवास निर्माणको नेतृत्व भवन विभागले गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया