कार्तिक २, २०८३ सोमबार October 19, 2026

पेड्रो नेटोको दुई गोलमा चेल्सी विजयी, एभर्टन २–० ले पराजित

चेल्सीको सहज जित, एभर्टनमाथि २-० को विजय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २-० गोलले पराजित गरेको छ।

एभर्टनको घरेलु मैदान हिल डिकिन्सन स्टेडियममा भएको खेलमा चेल्सीका पेड्रो नेटोले दुवै गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेटोले दोस्रो हाफ सुरु भएको ४४ सेकेन्डमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

एभर्टनले गोल गर्ने केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। यस जितसँगै चेल्सीले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ।

यो जितपछि चेल्सीको ७ खेलमा १३ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यस्तै एभर्टनको भने ७ खेलमा १० अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया