कार्तिक २, २०८३ सोमबार October 19, 2026

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै

ओमानलाई हराउनैपर्ने नैतिक दबाबमा नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष ६ मा पुग्ने झिनो आशा कायम राख्न नेपालले ओमानलाई हराउनैपर्ने दबाब छ।

ओमानको अल अमिरातमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। नेपालले जित निकाले ३० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लनेछ। तर, पराजित भए छैटौं स्थानमा पुग्ने नेपालको सम्भावना समाप्त हुनेछ।

हाल ३५ खेलबाट २८ अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ। क्यानडा २९ अंकसहित छैटौं स्थानमा रहेको छ। त्यसैले नेपाललाई क्यानडालाई उछिनेर शीर्ष ६ मा पुग्न आजको खेल जित्नैपर्ने अवस्था छ।

लिग–२ को शीर्ष ६ मा रहन सके नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने सम्भावना बलियो हुनेछ। यही कारण ओमानविरुद्धको खेल नेपालका लागि अंक तालिकामा स्थान सुधार गर्ने अवसर मात्रै नभई ओडीआई मान्यताको भविष्यसँग पनि जोडिएको छ।

यसअघि नै शीर्ष चारमा पर्दै सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउने नेपालको सम्भावना समाप्त भइसकेको छ। अब विश्वकप छनोटमा पुग्न नेपालले प्लेअफको बाटो अपनाउनुपर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुज पुनः खोल्न इरानको प्रस्ताव, अमेरिकी जवाफको समीक्षा हुँदै
२०८३ कार्तिक २, सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२०८३ कार्तिक २, सोमबार
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक २, सोमबार
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
२०८३ कार्तिक २, सोमबार
ट्रम्पको इन्धन मूल्य घटाउने प्रयास : रुससँग डिजेल आपूर्ति सम्झौता अन्तिम चरणमा
२०८३ कार्तिक २, सोमबार
नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
२०८३ कार्तिक २, सोमबार
दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
२०८३ कार्तिक २, सोमबार