कार्तिक २, २०८३ सोमबार October 19, 2026

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

हाल फर्ममा ‘सरिता’ जातको टमाटरसहित विभिन्न मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ, २ कात्तिक: बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक रु नौ लाख आम्दानी गर्दै आएको छ ।

काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१ रामरेखामा पाँच रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आउनुभएको छ । उहाँहरूले जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्दै आउनुभएको छ ।

भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग मिलेर कृषि कर्म सुरु गर्नुभएको हो । उहाँहरूको ‘छन्त्याल कृषि फर्म’मा पाँचवटा प्लास्टिक टनेल निर्माण गरी काउली, ब्रोकाउली, बन्दा र गोलभेँडालगायत सागसब्जी उत्पादन हुँदै आएको छ । फर्ममा सागसब्जीका बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरिएको छ ।

सागसब्जी बिक्रीबाट वार्षिक नौ लाख आम्दानी हुने गरेको कला छन्त्यालले बताउनुभयो । हाल फर्ममा ‘सरिता’ जातको टमाटरसहित विभिन्न मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन भइरहेको छ । विशेषगरी कौसी खेतीका लागि काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरी बिक्री गर्दा राम्रो आम्दानी हुने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक २, सोमबार
हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
२०८३ कार्तिक २, सोमबार
सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती
२०८३ कार्तिक २, सोमबार
श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
२०८३ कार्तिक २, सोमबार
फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार
सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
२०८३ कार्तिक २, सोमबार
दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो
२०८३ कार्तिक २, सोमबार