काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न बैंकका खातामा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ।
कोषका नौ वाणिज्य बैंकका खातामा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया