कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

आज बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर, दोर्दीखोला जलविद्युत्लगायतका लगानीकर्ताले कमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० कात्तिकः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  शून्य दशमलव ३० अङ्कले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव १० अङ्कले घटेर १८२ दशमलव ११ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले घटेर १६० दशमलव ६९ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर रु पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मूल्यमा खरिद बिक्री भएको छ ।

उपसमूह १३ मध्ये चार उपसमूह बढ्यो भने नौ उपसमूह घट्यो । आज १३५ कम्पनीको सेयर बढ्यो भने १३६ कम्पनीको सेयर घट्यो । त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर, दोर्दीखोला जलविद्युत्लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर, नबिल बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले गुमाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्छ : बाबुराम भट्टराई
२०८३ कार्तिक १०, मंगलबार
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
२०८३ कार्तिक १०, मंगलबार
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
२०८३ कार्तिक १०, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
२०८३ कार्तिक १०, मंगलबार
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार