कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा गठित समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, १० कात्तिक : कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताउनुभयो ।

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको छ ।

बठकबाट मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा हराइ रहेका व्यक्तिको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताउनुभयो । उहाँले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत भएको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्छ : बाबुराम भट्टराई
२०८३ कार्तिक १०, मंगलबार
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
२०८३ कार्तिक १०, मंगलबार
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
२०८३ कार्तिक १०, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
२०८३ कार्तिक १०, मंगलबार
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार