कार्तिक ९, २०८३ सोमबार October 26, 2026

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नारायणगढ (चितवन), ९ कात्तिक : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताउनुभएको छ ।

भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र लालपुर्जा वितरण प्रक्रियाबारे छलफल गर्न तथा उनीहरूका गुनासा सुन्न चितवन आउनुभएकी मन्त्री रावलले आज भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “लालपुर्जा र राजनीतिलाई सँगै जोड्नु हुँदैन । तपाईंहरूले लालपुर्जा पाउनुपर्छ, त्यो तपाईंहरूको अधिकारको कुरा हो ।” मन्त्री रावलले भूमिहीन तथा सुकुमवासीलाई लालपुर्जा वितरणमा रहेका नीतिगत बाधा सरकारले अध्यादेशमार्फत हटाइसकेको उल्लेख गर्दै अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब नीतिले तपाईंहरूको हकमा लालपुर्जा दिन रोक्दैन, अब नियतको कुरा हो । स्थानीय तहले प्रक्रिया छिटो अघि बढाउनुपर्छ र भूमि समितिले काम शीघ्र टुङ्ग्याउनुपर्छ ।”

मन्त्री रावलले लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि दुःख भोग्नुपरेको बताउँदै उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

छलफलका क्रममा स्थानीयले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए । सरकारले आफूहरूका समस्या समाधानका लागि पहल थालेको भन्दै उनीहरूले मन्त्री रावलप्रति आभार व्यक्त गरेका थिए । मन्त्री रावलले चितवनका सबै स्थानीय तहमा पुगेर भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र गुनासा सुन्ने कार्यक्रम रहेको छ । उहाँले स्थानीयका समस्या सुनी समाधानका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरी तत्कालै समस्या समाधानका गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार