कार्तिक ९, २०८३ सोमबार October 26, 2026

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा

१० दिनभित्र उजुरी वा सूचना दिन सर्वसाधारणलाई आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। सर्वोच्च अदालतका लागि सिफारिस गरिएका प्रस्तावित चार न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको थियो।

सिफारिस हुनेहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।

प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउँदै संघीय संसद्को संसदीय सुनुवाइ समितिले सोमबार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी वा सूचना दिन सर्वसाधारणलाई आह्वान गरेको हो।

प्रस्तावित व्यक्तिलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत जाहेरी/उजुरी दिन सकिने सूचनामा उल्लेख छ।

उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर स्पष्ट खुलाउनुपर्नेछ भने उजुरीकर्ताको नाम गोप्य राख्न चाहेमा समितिले गोप्य राख्ने व्यवस्था मिलाएको छ।

प्राप्त उजुरीहरूबारे सुनुवाइ समितिले पहिले उजुरीकर्ताहरूसँग छलफल गर्नेछ र त्यसपछि प्रस्तावित न्यायाधीशहरूसँग संसदीय सुनुवाइ गरिनेछ। समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट उनीहरूको नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार
२०८३ कार्तिक ९, सोमबार
दशैँपछिको पहिलो कारोबार दिनमै नेप्से घट्यो, २६२९.८२ विन्दुमा झर्यो
२०८३ कार्तिक ९, सोमबार
स्वर्णीम वाग्लेको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुर्‍याउने खालको : प्रदीप ज्ञवाली
२०८३ कार्तिक ९, सोमबार
चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने
२०८३ कार्तिक ९, सोमबार
भेनेजुएलामा राजनीतिक सरगर्मी बढ्यो, विपक्षी नेतृ मचाडो स्वदेश फर्किइन्
२०८३ कार्तिक ९, सोमबार
आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु
२०८३ कार्तिक ९, सोमबार