कार्तिक ९, २०८३ सोमबार October 26, 2026

भेनेजुएलामा राजनीतिक सरगर्मी बढ्यो, विपक्षी नेतृ मचाडो स्वदेश फर्किइन्

मचाडोको स्वदेश फिर्तीमा हजारौँ समर्थकको स्वागत, भेनेजुएलामा निर्वाचनको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काराकस, ९ कात्तिक । भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किनुभएको छ । उहाँको स्वागतमा हजारौँ समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए ।

मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उहाँका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन ।

निर्वासनपछि भेनेजुएला फर्किइन् विपक्षी नेतृ मचाडोमचाडो गत डिसेम्बरमा नोबेल पुरस्कार ग्रहण गर्न देश छाड्नुभएको थियो । उहाँको पार्टीका अनुसार स्वदेश फर्कने उहाँका कम्तीमा सात प्रयास असफल भएका थिए । उहाँका राजनीतिक प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मदुरो नौ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि अमेरिकाको जेलमा हुनुहुन्छ । त्यसपछि मदुरोकी सहयोगी डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बन्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मचाडोको स्वदेश फिर्तीबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्तामार्फत भेनेजुएलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन र स्थायी लोकतन्त्र स्थापना गर्ने अवसर रहेको बताउनुभएको छ ।

मचाडोको पार्टीले सन् २०२७ मा निर्वाचन गराउन र उहाँलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ । निर्वाचनपछिको दमनमा २८ जनाको मृत्यु भएको र दुई हजार चार सयभन्दा बढी पक्राउ परेको विवरण छ ।

विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलामा हाल दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ । एक दशकअघि उत्पादन दैनिक ३० लाख ब्यारेल थियो । अन्तरिम सरकारले अमेरिकी तथा विदेशी कम्पनीलाई तेल र ग्यासको खोजी, उत्पादन र निर्यातमा पहुँच दिने सम्झौता गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
२०८३ कार्तिक ९, सोमबार
तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य
२०८३ कार्तिक ९, सोमबार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक ९, सोमबार
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार
२०८३ कार्तिक ९, सोमबार
दशैँपछिको पहिलो कारोबार दिनमै नेप्से घट्यो, २६२९.८२ विन्दुमा झर्यो
२०८३ कार्तिक ९, सोमबार
स्वर्णीम वाग्लेको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुर्‍याउने खालको : प्रदीप ज्ञवाली
२०८३ कार्तिक ९, सोमबार