कार्तिक ९, २०८३ सोमबार October 26, 2026

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वालिङ (स्याङ्जा), ९ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ ।

स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताउनुभयो । “कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,” उहाँले भन्नुभयो, “विश्वास पुनःस्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ ।”

सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनुपर्नेमा जोड दिनुभयो । विगतमा पार्टीप्रति असन्तुष्टिका कारण टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

१५औँ महाधिवेशनपछि पार्टीभित्र परिवर्तन आएको उल्लेख गर्दै उहाँले त्यसबारे जनताको घरदैलोसम्म जानकारी पुर्‍याउन आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

सभापति थापाले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउँदै जिम्मेवारी पाउने वा नपाउने विषयलाई हारजितका रूपमा बुझ्न नहुने उल्लेख गर्नुभयो । पार्टीभित्र सबैको समान हैसियत रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल
२०८३ कार्तिक ९, सोमबार
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
२०८३ कार्तिक ९, सोमबार
तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य
२०८३ कार्तिक ९, सोमबार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक ९, सोमबार
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार
२०८३ कार्तिक ९, सोमबार
दशैँपछिको पहिलो कारोबार दिनमै नेप्से घट्यो, २६२९.८२ विन्दुमा झर्यो
२०८३ कार्तिक ९, सोमबार