कार्तिक ८, २०८३ आइतबार October 25, 2026

तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित

माचाकोस काउन्टीको कामुलुमा साथीहरूलाई भेट्न ट्याक्सीमा जाँदा ‘तीन वटा सवारीसाधनमा आएका व्यक्तिहरूले’ अपहरण गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नैरोबी, ८ कात्तिक : तान्जानिया सरकारका आलोचक तथा पूर्व विपक्षी नेता त्वाहा म्वाइपाया केन्यामा अपहरणमा पर्नुभएको छ ।

तान्जानिया सरकारले विपक्षी दलमाथि कडा दमन गरेको छ । सरकारी गतिविधिमाथि आलोचना गर्ने धेरै विपक्षी नेताहरूले छिमेकी मुलुक केन्यामा शरण लिएका छन् । केन्यामा पनि उनीहरूमाथि अपहरण प्रयास हुने गरेको आरोप लाग्दै आएको छ ।

मुख्य विपक्षी दल चादेमाका प्रमुख युवा सङ्गठनकर्ता म्वाइपायले सन् २०२२ मा सरकारको आलोचना गरेको आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो पछि उहाँले अदालतबाट उन्मुक्ति पाउनुभएको थियो ।

केन्यामा स्वनिर्वासनमा रहनुभएका म्वाइपायका लगभग छ लाख इन्स्टाग्राम फलोअर रहेका छन् र उनीहरूले उहाँको सरकारविरोधी आवाजलाई नियमित रूपमा हेर्ने र केन्याली शुभेच्छुकबीच साझा गर्ने गर्छन् ।

म्वाइपायले राष्ट्रपति सामिया सुलुहु हस्सानको सरकारविरुद्ध पोस्ट गर्नुहुन्छ । विपक्षी दलले हस्सानलाई एक वर्षअघि चुनावका क्रममा हजारौँ प्रदर्शनकारीहरूको हत्या गरेको घटना लगायतका गतिविधिमा निर्दयीरूपमा विपक्षीहरूमाथि दमन गरेको आरोप लगाउँछ ।

एम्नेस्टीका अनुसार म्वाइपायालाई आइतबार दिउँसो नैरोबीको पूर्वमा रहेको माचाकोस काउन्टीको कामुलुमा साथीहरूलाई भेट्न ट्याक्सीमा जाँदा ‘तीन वटा सवारीसाधनमा आएका व्यक्तिहरूले’ अपहरण गरेका थिए ।

अधिकार समूहले एक्समा लेखेको छ, “म्वाइपायाको अवस्था थाहा पाउनुहुने जो कोहीलाई तुरुन्त सम्पर्क गर्न आग्रह गर्दछौँ। केन्याका अधिकारीहरूले तत्काल उहाँको अवस्था पत्ता लगाएर सुरक्षा सुनिश्चित गर्नुपर्छ।”

सन् २०२५ जनवरीमा प्रख्यात तान्जानियाली अधिकारकर्मी मारिया सारुङ्गी त्सेहाइलाई नैरोबीमा यस्तै परिस्थितिमा अपहरण गरिएको थियो तर अधिकार समूह र मिडियाको विरोधपछि सीमाना पार गराउनुअघि नै रिहा गरिएको थियो । फेब्रुअरीमा अर्का अधिकारकर्मी शाबाहा शाबाहा हम्जालाई पनि अपहरण गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार