कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ६ कात्तिक (रासस/एपी): यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो । अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बान्र्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पु¥याएको छ । युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ । यस गर्मीयाममा केही सहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो ।

गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो । मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा बढी उमेरका थिए । तर, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताउनुभएको छ ।

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमूनालाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेर जलवायु परिवर्तनको प्रभाव आकलन गरेका थिए । अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ ।

अनुसन्धानमा सहभागी नभएका विज्ञहरूले गर्मीको पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका मानिसलाई सहयोग गर्ने व्यवस्था विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरूले गर्मीबाट तत्काल जोगिने उपायसँगै जलवायु परिवर्तनको मूल कारण बनेको जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य
२०८३ कार्तिक ६, शुक्रबार
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
२०८३ कार्तिक ६, शुक्रबार
लागूऔषधविरुद्ध गाउँमै जागे नागरिक: जरिवानादेखि जनचेतनासम्म
२०८३ कार्तिक ६, शुक्रबार
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
२०८३ कार्तिक ६, शुक्रबार
चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता
२०८३ कार्तिक ६, शुक्रबार
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
२०८३ कार्तिक ६, शुक्रबार
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु
२०८३ कार्तिक ६, शुक्रबार