कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

आगामी स्थानीय तहको निर्वाचन अगाडि वडा र पालिका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को दुई महिने राष्ट्रिय जागरण अभियान आज शनिबारदेखि सुरु हुँदैछ। दिउँसो २:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी यस अभियानको औपचारिक उद्घाटन गरिने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

अभियानका मुख्य विशेषता तथा कार्यक्रमहरू:

सम्बोधन: उद्घाटन कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अवधि: यो अभियान आज कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ।

उद्देश्य: राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संस्थागत विकास, जनजीविकाका सवालहरू, पार्टी समायोजन, सङ्गठित सदस्यता नवीकरण तथा सङ्गठन सुदृढीकरण गर्ने यस अभियानको मुख्य लक्ष्य हो।

अभियान अन्तर्गत सञ्चालन हुने प्रमुख गतिविधिहरू:

सङ्गठन सुदृढीकरण: पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको समायोजनका बाँकी कामहरू सम्पन्न गर्ने तथा सदस्यता नवीकरण र विस्तार तीव्र पार्ने।

जनतासँग सम्बन्ध: पार्टीका बैठक, भेला, प्रशिक्षण, सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरूसँगै जनताकेन्द्रित गतिविधि सञ्चालन गर्ने।

जनजीविका र सेवा: जनताका माग तथा दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने। साथै, श्रम तथा जनसेवाका कार्यक्रम र विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काममा सहयोग पुर्‍याउने।

ज्ञापनपत्र तथा ध्यानाकर्षण: महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा लगायतका जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने। यस अन्तर्गत केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गरिनेछ।

नेकपाको केन्द्रीय संयोजन समिति बैठकले यस जागरण अभियानसँगै आगामी स्थानीय तहको निर्वाचन अगाडि वडा र पालिका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

यस्ताे छ नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
२०८३ कार्तिक ६, शुक्रबार
लागूऔषधविरुद्ध गाउँमै जागे नागरिक: जरिवानादेखि जनचेतनासम्म
२०८३ कार्तिक ६, शुक्रबार
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
२०८३ कार्तिक ६, शुक्रबार
चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता
२०८३ कार्तिक ६, शुक्रबार
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
२०८३ कार्तिक ६, शुक्रबार
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु
२०८३ कार्तिक ६, शुक्रबार
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
२०८३ कार्तिक ६, शुक्रबार