कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

एमाले नेता तथा पूर्व प्रदेश सभा सदस्य गौतमको मृ,त्यु

पूर्व सदस्य रहेका गौतमको निधनले पार्टीमा ठूलो क्षति भएको एमाले महासचिवको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । बाँकेमा स्थायी घर भएका एमाले नेता तथा पूर्व प्रदेश सभा सदस्य बाबुराम गौतमको मृत्यु भएको छ । बाँके जिल्लामा कम्युनिस्ट आन्दोलनको अग्रज नेताको पहिचान बनाए गौतम गुल्मीको थोर्गामा जन्मेर कर्मथलो नेपालगन्ज बनाएका थिए ।

उनी २०५४ सालमै बाँके जिल्ला कमिटीको प्रमुख रहेका थिए । नेकपा एमालेको केन्द्रीय सल्लाहकार र लुम्बिनी प्रदेससभाको पूर्व सदस्य रहेका गौतमको निधनले पार्टीमा ठूलो क्षति भएको एमाले महासचिव शंकर पोखरेलले जनाएका छन् ।

‘पूर्व केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य बाबुराम गौतमको निधनको खबरले स्तब्ध बनाएको छ। संघर्ष, सादगी र निष्ठाको राजनीतिमा समर्पित कमरेड गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।’ उनले भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया