कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ५ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपिएलका सबै खेलले उक्त मान्यता भएका हुन् ।
आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएपछि एनपिएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछ ।

‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने क्यानका सचिव पारस खड्काले बताउनुभयो ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । यसपालि पनि लिगमा आठवटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया