कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

प्रदेशस्तरीय छनोटपछि राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी तथा टोली निर्धारण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की, २ कात्तिक : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट प्रक्रिया अघि बढाइएको छ । प्रतियोगिता नजिकिँदै गर्दा प्रदेश खेलकुद परिषद् गण्डकीले स्थानीय तहदेखि प्रदेशस्तरसम्म छनोटको कार्यतालिका तय गरी तयारी थालेको हो ।

कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि परिषद्ले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै खेलाडी छनोट प्रक्रिया निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

परिषद्का अनुसार स्थानीय तहस्तरीय छनोट प्रतियोगिता कात्तिक १० गतेभित्र, जिल्लास्तरीय छनोट कात्तिक १३ देखि १५ गतेसम्म र प्रदेशस्तरीय छनोट कात्तिक १६ देखि २० गतेसम्म सम्पन्न गरिनेछ । प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी तथा टोलीको टुङ्गो लाग्नेछ ।

परिषद्का सदस्य सचिव श्रीधर शर्माले स्थानीय तहबाट छनोट भएका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइने र जिल्लाबाट छनोट भएकालाई प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गराइने बताउनुभयो । “प्रदेशस्तरीय छनोटपछि राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी तथा टोली निर्धारण गरिने छ”, सदस्य सचिव शर्माले भन्नुभयो ।

यसपटकको राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश गरिएका छन् । प्रतियोगितामा प्रदेशको प्रतिस्पर्धात्मक उपस्थिति बलियो बनाउन खेलाडी छनोटलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउन परिषद्ले सम्बन्धित जिल्ला खेलकुद विकास समिति, स्थानीय तह तथा सरोकारवालाबीच समन्वय गर्न आग्रह गरेको छ ।

खेलाडी छनोट र प्रदेशको टोली निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँग अनुरोध गरिएको परिषद्ले जनाएको छ । प्रतियोगिताको तयारी र बन्द प्रशिक्षण सञ्चालनका लागि प्रदेश सरकारसँग रु नौ करोड ६८ लाख बजेट माग गरिएको उहाँले जानकारी दिनुभयो ।

“राष्ट्रिय खेलकुदका लागि तयारीका लागि आवश्यक स्रोत उपलव्ध गराउन प्रदेश सरकारसँग बजेट माग गरेका छौँ । निर्णय भइसकेको छैन । खेलाडीलाई प्रोत्साहन गर्न नगद पुरस्कारसँगै अध्ययन छात्रवृत्ति, दुर्घटना बिमा, मासिक निर्वाह भत्तालगायका लागि प्रस्ताव पठाएका छौँ”, सदस्य सचिव शर्माले भन्नुभयो ।

गण्डकीले पोखरामा विसं २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश प्रदेशहरूमध्ये पहिलो भएको थियो । घरेलु मैदानमा प्राप्त सफलतापछि यसपटक कर्णालीमा हुने प्रतियोगितामा पनि आफ्नो साख जोगाउने चुनौती गण्डकीसामु छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल
२०८३ कार्तिक ३, मंगलबार
देवघाट-मौलाकालिकामा केबलकार निर्माण गरिने
२०८३ कार्तिक ३, मंगलबार
अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा
२०८३ कार्तिक ३, मंगलबार
आज महानवमी पर्व मनाइँदै
२०८३ कार्तिक ३, मंगलबार
महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, आज बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने
२०८३ कार्तिक ३, मंगलबार
आज मंगलबारः कसलाई कस्तो छ योग ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३, मंगलबार
माल्दिभ्सलाई हराउँदै नेपालले हात पार्यो आइएचएफ महिला ह्यान्डबल ट्रफीमा जित
२०८३ कार्तिक २, सोमबार