कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

बीसीसीआईको छनोट समितिमा फेरबदल, ओझाले सम्हाले अध्यक्षको जिम्मेवारी

भारतीय क्रिकेट छनोट समितिको अध्यक्षमा प्रज्ञान ओझा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले पुरुष क्रिकेट टोलीको छनोट समितिमा फेरबदल गर्दै पूर्वक्रिकेटर प्रज्ञान ओझालाई अध्यक्ष नियुक्त गरेको छ । उनले अजित अगरकरको स्थान लिएका छन् भने पूर्वक्रिकेटर रमेश पोवारलाई पनि समितिको सदस्यमा नियुक्त गरिएको छ ।

नयाँ छनोट समितिमा ओझासहित शिव सुन्दर दास, आरपी सिंह, अजय रात्रा र रमेश पोवार रहेका छन् । भारतका लागि २४ टेस्ट खेलेका ओझाले टेस्ट क्रिकेटमा ११३ विकेट लिएका छन् ।

यसअघि अगरकरको नेतृत्वमा भारतले तीन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का उपाधि र दुई एसिया कप जितेको बीसीसीआईले जनाएको छ । नयाँ समितिले भारतीय पुरुष टोलीका लागि खेलाडी छनोट तथा आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको टोली संयोजन गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचन कार्यालयद्वारा तीन हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो
२०८३ कार्तिक ३, मंगलबार
कोरल सागरमा शक्तिशाली भूकम्प, २३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु
२०८३ कार्तिक ३, मंगलबार
राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना
२०८३ कार्तिक ३, मंगलबार
केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै
२०८३ कार्तिक ३, मंगलबार
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
२०८३ कार्तिक ३, मंगलबार
बीसीसीआईको छनोट समितिमा फेरबदल, ओझाले सम्हाले अध्यक्षको जिम्मेवारी
२०८३ कार्तिक ३, मंगलबार