कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना

बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्रप्रमुखले नवकन्याहरुको ( ९ कन्या) पूजाअर्चना गर्ने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ ।

बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्रप्रमुखले नवकन्याहरुको ( ९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ। सोही परम्परा अनुरुप राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार नवकन्याहरुको पूजाअर्चना गर्नुभएको हो ।

शीतल निवासमा राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चनादुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजाअर्चना गर्ने गरिन्छ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति
२०८३ कार्तिक ३, मंगलबार
निर्वाचन कार्यालयद्वारा तीन हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो
२०८३ कार्तिक ३, मंगलबार
कोरल सागरमा शक्तिशाली भूकम्प, २३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु
२०८३ कार्तिक ३, मंगलबार
राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना
२०८३ कार्तिक ३, मंगलबार
केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै
२०८३ कार्तिक ३, मंगलबार
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
२०८३ कार्तिक ३, मंगलबार