कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

राजाले क्षमायाचना गरेपछि भवानीले वर्षमा एक पटक मात्र दर्शन दिने वचन दिनुभएको किंवदन्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, ३ कात्तिकः हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो ।

किंवदन्तीअनुसार, सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेलेका थिए । राजाले कुदृष्टि लगाएपछि भवानी त्यहाँबाट अलप हुनुभएको जनविश्वास छ । राजाले क्षमायाचना गरेपछि भवानीले वर्षमा एक पटक मात्र दर्शन दिने वचन दिनुभएको किंवदन्ती छ । यही जनविश्वासका कारण महानवमीका दिन तलेजु भवानीको दर्शन गर्न भक्तजन भक्तपुर पुग्ने गर्छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचन कार्यालयद्वारा तीन हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो
२०८३ कार्तिक ३, मंगलबार
कोरल सागरमा शक्तिशाली भूकम्प, २३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु
२०८३ कार्तिक ३, मंगलबार
राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना
२०८३ कार्तिक ३, मंगलबार
केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै
२०८३ कार्तिक ३, मंगलबार
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
२०८३ कार्तिक ३, मंगलबार
बीसीसीआईको छनोट समितिमा फेरबदल, ओझाले सम्हाले अध्यक्षको जिम्मेवारी
२०८३ कार्तिक ३, मंगलबार