असोज २६, २०८३ सोमबार October 12, 2026

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह

तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु÷गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहमं आवश्यकता पर्दछ । जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो । प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला ।”

उहाँले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढङ्गको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा बताउनुभयो ।

प्रधानमन्त्री शाहले भन्नुभयो, “यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला । एकलभावले आफ्नो भूमिका र संस्थाको गति चल्दैछ भन्ने पाटोलाई बुझेर नागरिक भावनाअनुरूप काम गर्नुपर्छ ।”

आफ्नो सङ्गठनमा पूर्णप्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

“अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ । यसमा समग्र प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ, “उहाँले भन्नुभयो, “सरकारले यस प्रकारको अनुसन्धानका लागि आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउन र यहाँहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ प्रतिबद्ध छ ।“

प्रधानमन्त्री शाहले आज दीक्षित हुनुभएका प्रहरीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्य र सफलताको कामना गर्नुभयो । उहाँले प्रहरी सेवामा आबद्ध निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि विशेष आभार व्यक्त गर्नुभयो । समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य
२०८३ असोज २६, सोमबार
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
२०८३ असोज २६, सोमबार
सुनको मूल्य ह्वात्तै घट्यो, चाँदी कति पुग्यो ?
२०८३ असोज २६, सोमबार
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह
२०८३ असोज २६, सोमबार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
२०८३ असोज २६, सोमबार
धनगढी जाँदै गरेको बस नवलपरासीमा पल्टियो : घाइतेहरूको स्थानीय अस्पतालमा उपचार हुँदै
२०८३ असोज २६, सोमबार
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
२०८३ असोज २६, सोमबार