कार्तिक १, २०८३ शनिबार October 17, 2026

दशैं तिहारमा उपहार, नगद र सुविधा नलिन-नदिन रास्वपाको अपिल

चाडपर्वको शुभकामनामा उपहार र सुविधा लिनेदिने कार्य निरुत्साहित गर्न रास्वपाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादशैं तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद वा कुनै पनि प्रकारको सुविधा नलिन र नदिन अपिल गरेको छ ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा महामन्त्री आचार्यले भनेका छन्, ‘दशैंको आशिष, तिहारको भाइटीका र छठको अगाध आस्थाले बोक्ने साझा सन्देश निःस्वार्थ प्रेम र सद्भाव हो । चाडपर्वमा हुने भेटघाट र खुसी साटासाटको सुन्दरता पनि यही निःस्वार्थपनमा निहित छ । यसै यथार्थलाई मनन गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापनाकालदेखि नै शुभकामना आदानप्रदान गर्ने क्रममा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा लिने–दिने कार्यलाई पूर्णतः निरुत्साहित गर्दै आएको छ । सधैँ झैँ हामी यही मान्यतामा अडिग छौँ र सम्बन्धित सबैमा यसको अनुसरणका लागि हार्दिक अपिल गर्दछौँ ।’

उनले राजनीतिमा नागरिकको सद्भाव र विश्वास नै मुख्य कुरा भएको उल्लेख गर्दै भनेका छन्, ‘चाडपर्वमा हामी जसरी परिवार र आफन्तबाट केवल आशीर्वादको अपेक्षा गर्छौँ, त्यसरी नै राजनीतिमा पनि हाम्रा लागि नागरिक र अन्य सबैको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो ।’

रास्वपाले मर्यादित, सुसंस्कृत र भरोषायोग्य राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल (अन्तवार्ता)
२०८३ कार्तिक १, शनिबार
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
२०८३ कार्तिक १, शनिबार
बजेट कटौतीको प्रस्तावमा ईयू सदस्य राष्ट्रबीच असहमति
२०८३ कार्तिक १, शनिबार
दशैं तिहारमा उपहार, नगद र सुविधा नलिन-नदिन रास्वपाको अपिल
२०८३ कार्तिक १, शनिबार
सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
२०८३ कार्तिक १, शनिबार
प्रधानमन्त्री बालेन्द्र शाहको बडादसैँ शुभकामना : सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न आह्वान
२०८३ कार्तिक १, शनिबार
प्रम कार्यालयमै अढाइ लाख तलब
२०८३ कार्तिक १, शनिबार