असोज २९, २०८३ बिहिबार October 15, 2026

कांग्रेस सहमहामन्त्री (खस आर्य) तर्फ मनोजमणी पछ्याउदै जगदीश्वर नरसिंह केसी

अर्का उम्मेदवार दिनेश कोइरालाले ६२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस आर्य) तर्फको जारी मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । निर्वाचन समितिले दिएकाे पछिल्लाे जानकारी अनुसार ३ हजार १०० मत गणना सम्पन्न गर्दा आचार्यले १ हजार १३२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।

उनलाई पछ्याइरहेका प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ९४९ मत प्राप्त गरेका छन् । यससँगै आचार्य आफ्ना निकटतम प्रतिद्वन्द्वी केसीभन्दा १८३ मतले अगाडि रहेका छन् ।

अर्का उम्मेदवार दिनेश कोइरालाले ६२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने शुभराम बस्नेतले २०४ मत पाएका छन्। खस आर्य क्लस्टरअन्तर्गत सहमहामन्त्री पदको बाँकी मतगणना कार्य जारी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया