असोज २८, २०८३ बुधबार October 14, 2026

कांग्रेस सहमहामन्त्रीको मतगणनामा रोचक भिडन्त, जगदीश्वर भन्दा मनोजमणि आचार्य ७८ मतले अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वरनरसिंह केसी ७८ मतले पछाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस-आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्।

केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरण अनुसार १ हजार ७ सय ७ मत गणना हुँदा आचार्यले ६ सय २३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका हुन्।
उनलाई जगदीश्वरनरसिंह केसीले ५ सय ४५ मतका साथ पछ्याइरहेका छन्। आचार्य र केसीबीच ७८ मतको अन्तर रहेको छ।

यसैगरी, सोही पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ३ सय ३१ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले १ सय १४ मत पाएका छन्।

सानेपास्थित केन्द्रीय कार्यालयमा खस-आर्यसहित विभिन्न क्लस्टरका पदाधिकारी तथा केन्द्रीय सदस्य पदहरूको मतगणना कार्य तीव्र गतिमा जारी रहेको निर्वाचन समितिले जनाएको छ।

आज थप छ क्लस्टरको गणना भइरहेको छ भने केही क्लस्टरको हिजोदेखि मतगणना भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३ असोज २८, बुधबार
कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही, सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस महाधिवेशन : विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
२०८३ असोज २८, बुधबार