काठमाडौं।नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फका खुला तथा महिला केन्द्रीय सदस्य पदको अन्तिम परिणाम घोषणा गरेको छ।
महिलातर्फ ८ पदका लागि परेको ३४ जनाको उम्मेदवारीमध्ये गीता गुरुङ २ हजार ८५९, डा. गङ्गालक्ष्मी अवाल २ हजार ७६८, रेणुका काउछ मगर २ हजार ३९२, सपनाराज भण्डारी जोशी २ हजार ३५१, सिता कुमारी राना मगर २ हजार १३२, प्रमिला राई २ हजार २०, लिलादेवी बोखिम लिम्बु १ हजार ६८१ र पुनम लामा १ हजार ६३६ मत प्राप्त गरी विजयी भएका छन्।
त्यस्तै, १२ पदका लागि ४१ जनाको प्रतिस्पर्धा रहेको आदिवासी जनजाति खुला (पुरुष) तर्फबाट तीर्थ लामा सर्वाधिक ४ हजार ४२५ मत ल्याएर निर्वाचित भएका छन्।
उनीसँगै ई. अनुप श्रेष्ठ (२,५५१ मत), डा. प्रेमध्वज लामा (२,५०५ मत), कर्मा छेरिङ शेर्पा (२,४०६ मत), टेकप्रसाद गुरुङ (२,०९० मत), भीम श्रीस मगर (२,०४६ मत), रामकृष्ण चित्रकार (१,९८२ मत), बुद्ध लामा (१,९५६ मत), गेल्जे लामा शेर्पा (१,८१९ मत), वंशलाल तामाङ (१,७५६ मत), अमृत गुरुङ (१,६८९ मत) र सुशील गुरुङ (१,६४४ मत) प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया