काठमाडौं । सरकारले जारी गरेका वन तथा भूमि सम्बन्धी दुई अध्यादेशबारे आफ्नो धारणा सार्वजनिक गर्न नेपाली कांग्रेस संसदीय दलले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे आयोजना हुने पत्रकार सम्मेलनमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ का विषयमा छलफल तथा धारणा सार्वजनिक गरिने जनाइएको छ।
सरकारले हालै जारी गरेका यी अध्यादेशका विषयमा प्रमुख प्रतिपक्षी दलको धारणा के रहने भन्नेबारे पत्रकार सम्मेलनलाई चासोका साथ हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया