कार्तिक १, २०८३ शनिबार October 17, 2026

कांग्रेस सभापति गगनकुमार थापाले लिए पद तथा गोपनीयताको शपथ

केन्द्रीय सदस्य तथा नेता-कार्यकर्ताहरूले खादा र माला लगाएर मनाए खुसीयाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

समारोहमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नवनिर्वाचित सभापति थापाको गलामा दुबोको माला पहिर्‍याएर शुभकामना तथा बधाई ज्ञापन गरेका थिए। कार्यक्रममा पार्टीका अन्य पदाधिकारी, केन्द्रीय सदस्य तथा नेता-कार्यकर्ताहरूले खादा र माला लगाएर खुसीयाली मनाउँदै उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

शपथ ग्रहणपश्चात् सभापति थापाले सानेपास्थित केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पदबहाली गर्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो, जसमा थापा भारी मतान्तरले सभापति पदमा विजयी भएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन
२०८३ कार्तिक १, शनिबार
कांग्रेस सभापति गगनकुमार थापाले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक १, शनिबार
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १, शनिबार
रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
२०८३ कार्तिक १, शनिबार
फाइबर इन्टरनेट अफरबारे भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
२०८३ कार्तिक १, शनिबार
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल (अन्तवार्ता)
२०८३ कार्तिक १, शनिबार
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
२०८३ कार्तिक १, शनिबार