कार्तिक १, २०८३ शनिबार October 17, 2026

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

ऐनको धारा ४ मा उल्लेख गरिएका प्रतिबन्ध तथा शुल्क लागू नगर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ३१ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गर्नुभएको छ । गत महिना कानून बनेको ग्राहम ऐनले दिएको अधिकार प्रयोग नगर्ने निर्णयसँगै रुसको ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा परिवर्तन आएको छ ।

मृतक अमेरिकी सिनेटरको नाममा राखिएको लिन्डसे ग्राहम ऐनले रुसी तेल र ग्यासका प्रमुख खरिदकर्तामाथि १०० प्रतिशतसम्म शुल्क लगाउने अधिकार राष्ट्रपति ट्रम्पलाई दिएको थियो । कार्यकारी आदेशमा उहाँले ऐनको धारा ४ मा उल्लेख गरिएका प्रतिबन्ध तथा शुल्क लागू नगर्ने निर्णय गरेको जनाइएको छ ।

उक्त कानूनले रुसको ऊर्जा र रक्षा क्षेत्र, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा अन्य वरिष्ठ अधिकारीलाई लक्षित गरेको थियो । पश्चिमी प्रतिबन्ध छल्न प्रयोग गरिने मस्कोको ट्याङ्करहरूको कथित ‘छाया जहाज बेडा’ पनि यसको निशानामा परेको थियो ।

अमेरिकी प्रतिबन्धबाट राहत दिने बदलामा रुसी डिजेल निर्यातलाई अनुमति दिने विषयमा राष्ट्रपति पुटिनसँग ट्रम्पले गर्नुभएको विवादास्पद सम्झौतापछि यो निर्णय आएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पको निर्णयलाई ‘कमजोर निर्णय’ भन्दै आलोचना गर्नुभएको छ । युक्रेनी सेनाले रुसी तेल प्रशोधन केन्द्रमाथि पुनः आक्रमण सुरु गरेपछि उक्त सम्झौतापछि किएभ र वासिङ्टनबीचको सम्बन्धसमेत खस्किएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १, शनिबार
रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
२०८३ कार्तिक १, शनिबार
फाइबर इन्टरनेट अफरबारे भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
२०८३ कार्तिक १, शनिबार
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल (अन्तवार्ता)
२०८३ कार्तिक १, शनिबार
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
२०८३ कार्तिक १, शनिबार
बजेट कटौतीको प्रस्तावमा ईयू सदस्य राष्ट्रबीच असहमति
२०८३ कार्तिक १, शनिबार
दशैं तिहारमा उपहार, नगद र सुविधा नलिन-नदिन रास्वपाको अपिल
२०८३ कार्तिक १, शनिबार