गाजा,२७ असोज : इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई दिनमा हमास र इस्लामिक जिहादका पाँच लडाकु मारिएको दाबी गरेको छ।
आईडीएफका अनुसार खान युनिस क्षेत्रमा गरिएको हवाई आक्रमणमा इस्लामिक जिहादका तीन लडाकु मारिएका छन्। मारिनेमा एक उपदस्ता कमान्डरसमेत रहेको इजरायली सेनाले जनाएको छ। उनीहरू इजरायली सैनिकमाथि आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको अवस्थामा निशाना बनाइएको आईडीएफको भनाइ छ।
त्यस्तै, दक्षिणी गाजामा भएको अर्को हवाई आक्रमणमा हमासको सैन्य शाखाअन्तर्गत रफाह ब्रिगेडका नुख्बा फोर्सका दुई सदस्य मारिएको इजरायली सेनाले जनाएको छ।
यसैबीच, गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। रासस/सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया