वीरगञ्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानीले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
शमानीले रास्वपाको आधिकारिक अनलाइन प्रणालीमार्फत पार्टीको साधारण सदस्यता लिएका छन् । उनी आगामी स्थानीय निर्वाचनमा पोखरिया नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बन्ने उद्देश्यले रास्वपा प्रवेश गरेको बताइन्छ।
शमानीले आफू पार्श्व प्रवेश (ल्याटरल एन्ट्री) को तयारीमा लागेको बताएका छन्। उनी लायन्स क्लबमार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया