कार्तिक ४, २०८३ बुधबार October 21, 2026

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट निस्के पूर्वप्रधानमन्त्री खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

खनालको सचिवालयका अनुसार उनी बुधबार काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत आइतबार दिउँसो उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया