कार्तिक ७, २०८३ शनिबार October 24, 2026

आज पनि दशैँको टीका लगाउने क्रम जारी

विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै । आज पनि दशैँको टीका लगाउने क्रम चलिरहेको छ ।

विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका धेरै ठाउँमा रहिआएको छ ।

दशैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ ।

आज काठमाण्डाै उपत्यकामा टीका लगाउन आवतजावत गर्नेहरूको संख्या अत्यधिक देखिएको छ ।

दशैँ मनाउन गाउँघर गएकाहरू फर्किएसँगै उनीहरू यहाँ रहेका आफन्तकोमा टीका लगाउन जाने भएकाले सडकमा टीका लगाएर आवतजावत गर्नेहरूको भीड देखिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया