कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो

अन्य क्षेत्रमा पनि दिगो समाधानका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा मन्त्री गौतमको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नारायणगढ (चितवन), ६ कात्तिकः कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले विशेषगरी नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गर्नुभएको थियो । नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवस्था बुझ्दै उहाँले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको खनालले बताउनुभयो ।

नारायणी नदीको दुवैतर्फका बस्तीमा तटबन्ध निर्माण, कटान नियन्त्रण र बजेट व्यवस्थापनका विषयमा मन्त्री गौतमले चासो व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । कटानको जोखिम बढी भएका स्थानमा तत्काल काम गर्ने र अन्य क्षेत्रमा पनि दिगो समाधानका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा मन्त्री गौतमले जोड थियो ।

अवलोकनका क्रममा स्थानीयवासीले बस्तीको सुरक्षालाई प्राथमिकतामा राख्दै नारायणी कटान नियन्त्रणका लागि बाँकी काम शीघ्र सम्पन्न गर्नुपर्ने माग गरेका थिए । जवाफमा मन्त्री गौतमले नारायणी तटबन्धको बाँकी काम सङ्घीय आयोजनाअन्तर्गत विज्ञ इन्जिनियरको निगरानीमा बजेट सुनिश्चित गरी अघि बढाइने बताउनुभएको थियो ।
उहाँले निर्वाचनका बेला हुने राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर गाउँबस्ती जोगाउन र विकासका काम अघि बढाउन सबै एकजुट हुनुपर्नेमा पनि जोड दिनुभएको थियो ।

यसैगरी, मन्त्री गौतमले माडी नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुन्नुभएको थियो । माडीमा निकुञ्ज तथा जङ्गलको बाटो, खोला कटान तथा अन्य स्थानीय समस्याबारे जानकारी लिँदै उहाँले प्राथमिकताका आधारमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा
२०८३ कार्तिक ६, शुक्रबार
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
२०८३ कार्तिक ६, शुक्रबार