कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

बाढी पहिरोका कारण करिब ९० करोड रुपैयाँ बराबरको क्षति पुगेको र पुनःनिर्माणका लागि करिब ४अर्ब रुपैयाँ लाग्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, ५ कात्तिक : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुग्नुभएका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्र्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गर्नुभएको हो ।

निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी र म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीहरुसँग मन्त्री लम्सालले विपद्पछिको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने बताउनुभयो ।

“कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकीको बाढी, पहिरोलगायत विपद्बाट क्षति पुगेको देशभरका भौतिक संरचनाको पुनःनिर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ, बजेटको अभाव हुँदैन,” मन्त्री लम्सालले भन्नुभयो “जति सक्दो छिटो सर्वेक्षण र लागत अनुमानको काम सकेर बजेट माग गर्नुहोस, पुनःनिर्माणमा ढिलाई हुन नदिन सरकार सचेत छ ।”

पुनःनिर्माणका लागि आवश्यक पर्ने नदीजन्य स्रोतको व्यवस्थापनमा सहजीकरण गर्नका लागि स्थानीय प्रशासनलाई मन्त्री लम्सालले निर्देशन दिनुभयो । उहाँलाई कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बाढी पहिरोका कारण करिब ९० करोड रुपैयाँ बराबरको क्षति पुगेको र पुनःनिर्माणका लागि करिब चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी गराउनुभएको थियो ।

मन्त्री लम्साललाई बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी र उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयोजना पुनःनिर्माणका लागि आवश्यक पर्ने बजेटको ब्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो । यसैगरी बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बाढीका कारण क्षतिग्रस्त कुण्डको पुनर्निर्माणका लागि बजेट माग गर्नुभयो ।

खानेपानी र तातोपानी कुण्डका प्रतिनिधीलाई मन्त्री लम्सालले ब्यवस्थित योजना बनाएर बजेटका लागि पेस गर्न आग्रह गर्नुभयो । मध्यपहाडी लोकमार्गको बैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–ढोरपाटन सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोमा यातायात सञ्चालनमा देखिएको असहजतालाई समाधान गर्न सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।

म्याग्दीका बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि मन्त्री लम्सालको टोली मध्यपहाडी लोकमार्गको निरीक्षणमा बागलुङ जानुभएको प्रजिअ गैरेले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली
२०८३ कार्तिक ५, बिहिबार
पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
२०८३ कार्तिक ५, बिहिबार
युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार
२०८३ कार्तिक ५, बिहिबार
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
२०८३ कार्तिक ५, बिहिबार
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
२०८३ कार्तिक ५, बिहिबार
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
२०८३ कार्तिक ५, बिहिबार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
२०८३ कार्तिक ५, बिहिबार