कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

राष्ट्रपति पौडेलले यस वर्ष पनि सर्वसाधारणलाई टीका नलगाइदिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्नुहुनेभएको छ ।

शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान शुभ साइत १०ः२६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि गतवर्षदेखि मुलुकले विषय परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोउल्लासको वातावरण नभएको हुदा उक्त कार्यक्रम गरिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया