कञ्चनपुर । कञ्चनपुरमा निलेर पेटभित्र लागूऔषध लुकाएका एक जनाको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरी छन् ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई भीमदत्त नगरपालिका–१ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिइएको थियो।
त्यसपछि उनलाई महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएको थियो। सोही क्रममा उनको दिसाबाट कालो प्लास्टिकभित्र चार पुडियामा लुकाइएको १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रावतले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया