कार्तिक १, २०८३ आइतबार October 18, 2026

सुनसरीको सामुदायिक वनमा लुकाइराखेको कटुवा पेस्तोल र गोली बरामद

पिठारीको रुखमुनि झ्यासले छोपेर राखेको पेस्तोल र गोली प्रहरीले भेट्टायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ।

प्रहरीका अनुसार सामुदायिक वनभित्र पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखिएको अवस्थामा हतियार र गोली फेला परेको हो। बरामद गोली कटुवा पेस्तोलसँगै थ्रिनटथ्री राइफलमा समेत प्रयोग हुने खालको रहेको प्रहरीले जनाएको छ।

सामुदायिक वनभित्र हातहतियार लुकाएर राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र भरौल प्रहरी चौकीबाट संयुक्त प्रहरी टोली खटिएको थियो।

प्रहरीले शनिबार साँझ ५ बजे पेस्तोल र गोली बरामद गरेको हो। उक्त हतियार र गोली कसले तथा कुन उद्देश्यले लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु
२०८३ कार्तिक १, आइतबार
स्वर भासिने र बोल्दा आवाज थाक्ने समस्याको उपचार अब भरतपुर अस्पतालमा
२०८३ कार्तिक १, आइतबार
भोटेकोसी र बुढीगण्डकीको विपत्तिपछि कांग्रेसको चियापान कार्यक्रम स्थगित
२०८३ कार्तिक १, आइतबार
करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा
२०८३ कार्तिक १, आइतबार
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
२०८३ कार्तिक १, आइतबार
सुनसरीको सामुदायिक वनमा लुकाइराखेको कटुवा पेस्तोल र गोली बरामद
२०८३ कार्तिक १, आइतबार
नवौं जुम्ली घोडा दौडमा पहिलो पटक महिला सहभागी, धनलक्ष्मी ऐडी बनिन् विजेता
२०८३ कार्तिक १, आइतबार