कार्तिक १, २०८३ आइतबार October 18, 2026

स्वर भासिने र बोल्दा आवाज थाक्ने समस्याको उपचार अब भरतपुर अस्पतालमा

स्वरसम्बन्धी समस्या बेवास्ता नगर्न चिकित्सकको सुझाव, भरतपुर अस्पतालमा उपचार सेवा पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, कात्तिक १ गते  । आवाजमा परिवर्तन आउने, स्वर बस्ने तथा बोल्दा आवाज थाक्ने समस्याबाट पीडित बिरामीलाई लक्ष्य गरी भरतपुर अस्पतालले स्वर उपचार (भ्वाइस थेरापी) सेवा सुरु गरेको छ ।

अस्पतालका श्रवण, बोली तथा भाषा विशेषज्ञ सुषमा लामिछानेले स्वरमा समस्या भएका बिरामीको अवस्था र समस्याको कारण पहिचान गरी आवश्यकता अनुसार उपचार सेवा प्रदान गरिने बताउनुभयो । लामो समयसम्म स्वर भासिने, घाँटीमा असहज महसुस हुने र बोल्दा आवाज कमजोर हुँदै जाने समस्या भएका व्यक्तिले यो सेवा लिन सक्ने छन् ।

स्वरयन्त्रमा हुने समस्या, स्नायुप्रणालीसँग सम्बन्धित गडबडी तथा अन्य कारणले आवाजमा परिवर्तन आउन सक्ने विशेषज्ञ लामिछानेले बताउनुभयो । स्वरयन्त्रका पर्दामा गाँठो वा मासु पलाउने, ती पर्दा पूर्ण रूपमा जोडिन नसक्ने तथा स्वरयन्त्रमा पक्षाघात हुने अवस्थाले पनि आवाजमा असर पार्न सक्ने उहाँको भनाइ छ ।

पुरुषमा असामान्य रूपमा पातलो आवाज हुने तथा महिलामा अपेक्षाभन्दा मोटो वा गहिरो आवाज हुने समस्यामा पनि आवश्यकता अनुसार स्वर उपचार गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

स्वर, बोली र भाषा उपचार फरक फरक सेवा भएकाले बिरामीको समस्या अनुसार उपचार विधि निर्धारण गरिने अस्पतालले जनाएको छ । स्वर उपचार गराउन चाहने बिरामीले सुरुमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा परीक्षण तथा परामर्श लिनुपर्ने छ । चिकित्सकको मूल्याङ्कनपछि आवश्यक ठहरिए स्वरयन्त्रको भित्री अवस्था जाँच गरेर उपचार प्रव्रिmया अघि बढाइने छ ।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले स्वरसम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न सेवा सुरु गरिएको बताउनुभयो । लामो समयसम्म आवाजमा समस्या भइरहेमा त्यसलाई सामान्य ठानेर बेवास्ता नगर्न उहाँले आग्रह गर्नुभयो । अस्पतालले आगामी दिनमा बोली तथा भाषा उपचार सेवालाई समेत थप व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजाने जनाएको छ ।

काठमाडौँ उपत्यकाबाहिर धेरै बिरामीको सेवा दिने यस अस्पतालमा दर्जनभन्दा धेरै विशिष्टीकृत सेवा प्रदान गर्दै आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो । अस्पतालमा अहिले छ सयभन्दा धेरै श-या रहेका छन् भने दैनिक तीन हजारभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । नेपालमा दैनिक सबैभन्दा धेरै स्वास्थ्य बिमाका बिरामीले यही अस्पतालबाट सेवा लिँदै आएका पनि उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु
२०८३ कार्तिक १, आइतबार
स्वर भासिने र बोल्दा आवाज थाक्ने समस्याको उपचार अब भरतपुर अस्पतालमा
२०८३ कार्तिक १, आइतबार
भोटेकोसी र बुढीगण्डकीको विपत्तिपछि कांग्रेसको चियापान कार्यक्रम स्थगित
२०८३ कार्तिक १, आइतबार
करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा
२०८३ कार्तिक १, आइतबार
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
२०८३ कार्तिक १, आइतबार
सुनसरीको सामुदायिक वनमा लुकाइराखेको कटुवा पेस्तोल र गोली बरामद
२०८३ कार्तिक १, आइतबार
नवौं जुम्ली घोडा दौडमा पहिलो पटक महिला सहभागी, धनलक्ष्मी ऐडी बनिन् विजेता
२०८३ कार्तिक १, आइतबार