कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

निजी भ्रमणका लागि हिमालयन दृश्य रिसोर्ट पुगे ओली र बागमतीका मुख्यमन्त्री

मुख्यमन्त्री थापा मगरसँगै रिसोर्टमा ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दसैँको बिदा मनाउन काभ्रेपलाञ्चोकको धुलिखेलस्थित हिमालयन दृश्य रिसोर्ट पुगेका छन् । उनी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसँगै रिसोर्ट पुगेका हुन् ।

प्राप्त जानकारीअनुसार ओली र मुख्यमन्त्री थापा मगर मङ्गलबार दिउँसो करिब १ बजे रिसोर्ट पुगेका थिए । उनीहरू निजी भ्रमणका लागि त्यहाँ पुगेको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ ।

दसैँको बिदाका क्रममा उनीहरू धुलिखेलस्थित रिसोर्ट पुगेका हुन् । राजधानी काठमाडौँबाट नजिकै रहेको धुलिखेल प्राकृतिक दृश्यावलोकन र विश्रामका लागि लोकप्रिय पर्यटकीय गन्तव्य हो ।

ओली र मुख्यमन्त्री थापा मगरको भ्रमण निजी रहेको बताइए पनि भ्रमणको अवधि, थप कार्यक्रम तथा अन्य विवरणबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार
दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल
२०८३ कार्तिक ३, मंगलबार
बाबुराम भट्टराई भन्छन् : विपत्तिलाई बहाना बनाएर जलाशययुक्त आयोजना रोक्नु गलत
२०८३ कार्तिक ३, मंगलबार
गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
२०८३ कार्तिक ३, मंगलबार
निजी भ्रमणका लागि हिमालयन दृश्य रिसोर्ट पुगे ओली र बागमतीका मुख्यमन्त्री
२०८३ कार्तिक ३, मंगलबार
17-year-old mother airlifted to Surkhet following childbirth complications
२०८३ कार्तिक ३, मंगलबार