कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,५ कात्तिकः पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् ।

काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा। प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा को २७ प २०३६ नम्बरको मोटरसाइकलाई प्र १–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ ।

यस्तै, मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा बा प्र ०८¬–००१ ह ०१०५ नंको अटो ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा प्र १–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले सोही ठाउँका ७० वर्षीय बलबहादुर विकलाई ठक्कर दिँदा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग हुँदै तनहुँको डुम्रेबाट दमौलीतर्फ गइरहेको बा १८ च ४५८७ नम्बरको गाडीले व्यास नगरपालिका–१ अम्रेनी भन्ने स्थानमा ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ । निजको पहिचान नखुलेको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
२०८३ कार्तिक ५, बिहिबार
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
२०८३ कार्तिक ५, बिहिबार
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
२०८३ कार्तिक ५, बिहिबार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
२०८३ कार्तिक ५, बिहिबार
चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान
२०८३ कार्तिक ५, बिहिबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ कार्तिक ५, बिहिबार
१०० वर्षसम्म दराजमा बन्द जीवावशेष खाेलियो, पत्ता लाग्याे डायनासोरको नयाँ प्रजाति
२०८३ कार्तिक ५, बिहिबार