कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा भूमिकास्थान–८ का देवीराम आचार्य र २३ वर्षीय छोराको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अर्घाखाँची ५ कात्तिकः अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्र्षीय देवीराम आचार्य र उहाँका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो । छोराको नाम खुलिसकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया