मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन् । उनीहरू गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए।
उनले भने, ‘सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि अहिले अल्टिच्युड हेलिकप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ (खोजी तथा उद्धार) अपरेसन तीव्र पारिएको छ ।’ घटनाबारे थप विवरण आउने क्रममा रहेको उनको भनाइ छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया