कार्तिक ४, २०८३ बुधबार October 21, 2026

आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल

मकरलाई आज सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवार तथा आफन्तहरू तपाईँको कामदेखि प्रसन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यतीत हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडीहरू चढ्न सकिनेछ । पारिवारिक माहौलमा समय व्यतीत हुनेछ भने आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ ।  अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाइहरू जनमानसमा लैजान सकिनेछ । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । अध्ययन वा काममा प्रविधिको उच्चतम प्रयोग गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । पारिवारिक माहाेलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत् हात लागि हुने योग रहेको छ । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको समर्थन पाउनेछन् । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइन ग्रहयोग रहेको छ । दाजुभाइहरूसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । आफन्त तथा अग्रजबाट टिका तथा प्रसाद ग्रहण गर्न  सकिनेछ । मनोरञ्जन तथा खानपानमा केही समय व्यतीत हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । प्रेममा रमाउन चाहनेहरूले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको यात्राका तय गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफूसँग भएका स्रोत साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइहरूसँगै रहेर मिठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ । पारिवारिक मोहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आत्मीय मित्र तथा सहयोगीको सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । छोटो यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार
दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल
२०८३ कार्तिक ३, मंगलबार