कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली

अन्धभक्ति र नक्कली अध्यात्मवादमाथि ओलीको व्यङ्ग्य, ‘देवता होइन नक्कली भगवान जन्मिए’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा व्याप्त अन्धभक्ति, धार्मिक भ्रम र नक्कली अध्यात्मवादमाथि तिखो व्यङ्ग्य गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पौराणिक सन्दर्भ र योग दर्शनको व्याख्यासहित आफ्नो धारणा राखेका हुन्।

पौराणिक प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले पार्वतीले दिएको श्रापका कारण सक्कली देवताहरूको सन्तान उत्पादन रोकिएको तर अहिले समाजमा नक्कली भगवानहरूको बिगबिगी बढेको टिप्पणी गरे।

“२२-२३ सय वर्ष अगाडि आइपुग्दा भगवानहरू छ्यापछ्याप्ती जन्मिँदा ३३ कोटी पुगे। धन्न पार्वतीले ‘अब उप्रान्त निसन्तान हुनु’ भनेर श्राप दिइन् र देवता जन्मिने क्रम ठप्प भयो,” ओलीले भने, “अहिले देवता त जन्मिँदैनन्, तर नक्कली भगवानहरू जन्मिएर हैरान पारेका छन्। दक्षिणतिरका जोगी आउनासाथ खुट्टै समातेर ढोग्ने अन्धभक्तिको चलन अझै कायमै छ।”

कार्यक्रममा उनले अष्टाङ्ग योगका सिद्धान्तहरू यम र नियमको महत्वमाथि चर्चा गर्दै हिंसा नगर्नु, असत्य नबोल्नु, शान्तिको मार्गमा हिँड्नु र अरूको सम्पत्तिमा लोभ नगर्नु (अस्तेय) नै आधुनिक समाज र राजनीतिले खोजेको सामाजिक आदर्श भएको बताए। सत्य, न्याय र मानवतावादबाटै विचारको प्रस्थानविन्दु तय हुने उनको जोड थियो।

त्यस्तै, योग र ईश्वरवादको सम्बन्धबारे चर्चा गर्दै ओलीले पतञ्जलीको समयमा आएर मात्रै योगलाई ईश्वरवादसँग जोडिएको दाबी गरे। त्यसअघि सांख्य र शैव दर्शनमा योग विशुद्ध रूपमा स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा केन्द्रित रहेको उनले उल्लेख गरे।

“आदियोगी शिव र सांख्य दर्शनले ईश्वरको कुरा गर्दैनन्, बलियो र स्वस्थ दिमाग तथा शरीरको कुरा गर्छन्,” ओलीले भने, “तर पछिल्लो समय योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ।”

अध्यक्ष ओली प्रायः सार्वजनिक कार्यक्रमहरूमा नेपाली संस्कृति, दर्शन, पौराणिक इतिहास र सामयिक राजनीतिलाई जोडेर आफ्ना मौलिक र व्यङ्ग्यात्मक शैलीका वक्तव्य प्रस्तुत गर्न रुचाउँछन्। यसअघि पनि उनले योग, आयुर्वेद, नेपाली खानपान र सनातन परम्पराका वैज्ञानिक पक्षबारे विभिन्न मञ्चहरूमा आफ्ना धारणा राख्दै आएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
२०८३ कार्तिक १०, मंगलबार
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
२०८३ कार्तिक १०, मंगलबार
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
२०८३ कार्तिक १०, मंगलबार