कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

हुम्लामा चार करोड खसीको व्यापार

चीनले हिल्सा नाकाबाट च्याङ्ग्रा आयात गर्न नदिएका कारण स्थानीय खसीहरु बढी बिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हुम्ला । हुम्लामा रु चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो ।

बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै रु एक करोडको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उनको भनाइ छ ।

सुदुरपश्चिमका लिपुलेख, दार्चुला, अपी हिमाल क्षेत्रबाट खसी ल्याएर दसैंमा बिक्री गरेको उनले बताए । यसैगरी, साढे तीन सय खसी बिक्री गर्नुभएका खसी व्यापारी पाल्दन सुनारले यो वर्ष दसैंमा हालसम्मकै धेरै व्यापार भएको जानकारी दिए । रु २० हजारदेखि ३५ हजारसम्मका खसीहरु स्थानीयले दसैंका लागि किनेर वलि चढाउने कार्य गरेको सुनारको भनाइ छ ।

चीनले हिल्सा नाकाबाट च्याङ्ग्रा आयात गर्न नदिएका कारण स्थानीय खसीहरु बढी बिक्री भएको पाइएको छ । रु ३४ हजारको खसी दसैंमा वलि चढाउनुभएका स्थानीय जयबहादुर शाहीले मुल्य बढेपछि खसीको व्यापार नघटेको बताए । यो वर्ष विगतभन्दा खसीको व्यापार कम हुने अपेक्षा गरिएको भएपनि झनै बढेको बताउदै दसैंको महत्व पनि खसीको व्यापारले झल्काएको बताए ।

हुम्ला जिल्लामा मात्र नभएर यस पटक हुम्लाका चार ट्रक खसीबोका पहिलो पटक व्यापारीले पोखरासमेत लग्नुभएको थियो । दसैंमा खसीको व्यापार वृद्धि भएको उद्योग वाणिज्य सङ्घले पनि जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय सभाको विपद अध्ययन विशेष समितिको बैठक बस्दै
२०८३ कार्तिक १०, मंगलबार
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
२०८३ कार्तिक १०, मंगलबार