काठमाडौं, १२ कात्तिक । साताको चौथो कारोबार दिन बिहीबार ेयर बजारमा हरियाली छाएको छ । नेप्से र कारोबार दुवै ६ महिनायताकै वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ६.४१ अंक, फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक, बैंकिङ र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार सात अर्ब ४५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज आठ अर्ब ५७ करोड ९८ हजार रुपैयाँबराबरको दुई करोड ३२ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज पनि घलेम्दी हाइड्रो कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको करिब साढे २५ करोड र लक्ष्मी सनराइज बैंकको कारोबार २४ करोड रुपैयाँ नाघेको छ।
बिहीबार बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ८० रुपैयाँ ५० पैसा बढेर ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया