काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज बुधबार नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४८ कम्पनिका एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मा कारोबार भएको थियो। आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुटवल पावरको शेयर १०.६० प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी प्राइम डिभेन्चरको शेयर २.९६ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ३२ करोड ५० लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २८ करोड २६ लाख बराबरको कारोबार भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया