कार्तिक १४, २०८३ शनिबार October 31, 2026

तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु

अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात् १७ वर्ष भन्दा बढी उमेरका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालगन्ज । नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा नबिल बैङ्क तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गर्नुभयो । नगर प्रमुख विष्टले खेलकुदको विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ : सगरमाथा क्लब २४ स्वर्णसहित पहिलो दिनमै शीर्ष स्थानमादुई दिने प्रतियोगिताको शनिबार दिउँसो ३ बजेसम्म १७ वटा इभेन्ट सम्पन्न भएकोमा ललितपुरको सगरमाथा स्विमिङ क्लबले ११ वटा स्वर्ण पदक जितेर अग्रता लिएको छ । नयाँ दिल्ली भारतको इलाइट स्विमिङ एकेडेमीले ४ स्वर्ण, ललितपुरको रातो बंगला र मपिल क्यानेडियन स्कुल काठमाडौँ एउटा एक स्वर्ण जितेर तेस्रो स्थानमा अग्रता लिइरहेका छन् ।

अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात् १७ वर्ष भन्दा बढी उमेरका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरूका बिचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेडल गरी ६ छुट्टाछुट्टै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । शनिबार केही प्रतियोगिताको हिट चरण सम्पन्न भई आइतबार फाइनल प्रतिस्पर्धा हुनेछ ।

नेपाल स्विमिङ एसोशियसनसंग सहकार्य गरेर आयोजन गरिएको नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीपमा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडीहरू सहभागी भएका छन् । च्याम्पियनसिपलाई नबिल बैकले टाइटल स्पोन्सर गरेको छ । स्विमिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका स्विमिङ खेलप्रेमी उद्योगी, व्यवसायी, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, चार्टर एकाउन्टेड, सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरूको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्विमिङ क्लब हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ स्वेदश फिर्ता
२०८३ कार्तिक १४, शनिबार
ज्यामीरेघाटमा पक्की पुल निर्माण हुने गृहमन्त्री गुरुङको प्रतिबद्धता
२०८३ कार्तिक १४, शनिबार
वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु
२०८३ कार्तिक १४, शनिबार
तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु
२०८३ कार्तिक १४, शनिबार
समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान
२०८३ कार्तिक १४, शनिबार